१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपालको कूटनीतिक नोट

लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपालको कूटनीतिक नोट
अ अ+ अ-

काठमाडौं । नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको छ । नेपालले अलग–अलग रुपमा दुवै देशलाई कूटनीतिक नोट पठाएको हो ।

नेपालले पठाएको कूटनीतिक नोटमा लिपुलेकका विषयमा भारत र चीनले गरेको सहमतिप्रति असन्तुष्टि जनाइएको छ । नेपाली भूमि प्रयोग गर्ने विषयमा छिमेकी देशले सहमति गर्दा नेपाललाई जानकारीसमेत नदिइएको उल्लेख छ ।

पछिल्लो पटक भारत भ्रमणका रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाली भूमि लिपुलेकबाट व्यापार खुला गर्न भारतसँग सहमति गरेका थिए । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै सरकारले कूटनीतिक नोट पठाएको हो । सरकारले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन ।

कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने भनिएको छ ।

दाङमा हिजो आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेले सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको बताउनुभयो ।

नेपाल र भारतबीचका समग्र द्विपक्षीय विषयका कुरा गर्ने सबैभन्दा ठूलो औपचारिक संयन्त्र यही हो । यो दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुन्छ । त्यस्तै अर्को नापी विभाग अन्तर्गतका संयन्त्र पनि छन् ।

नेपाल–भारतबीचको सीमा विवादमा काम गर्न नापी विभाग अन्तर्गत तीन वटा संयन्त्र छन् । नेपालको नापी विभागका महानिर्देशक र भारतका सर्भेयर जनरलको नेतृत्वमा बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लूजी) छ । यसको बैठक आलोपालो गरेर प्रत्येक वर्ष बस्ने कार्यविधि छ । गृह सचिवस्तरीय बाउन्ड्री वर्किङ ग्रुपको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि जुलाई २२ र २३ मा नयाँ दिल्लीमा बसेको थियो ।

यो बैठकपछि नेपाल–भारत सीमा कार्यदल जुन नापी विभागका प्रमुखको नेतृत्वमा हुन्छ, त्यसको पनि बैठक बसेको थियो । यी बैठकमा दुवै देशका बीचमा जारी सीमा विवाद कुटनीतिक माध्यमबाट टुंग्याउने सहमति भएको थियो ।

त्यसो त पछिल्लो एक दशकमै नेपालले भारतलाई पटकपटक कूटनीतिक नोट पठाएको छ । तर उसले कुनै पनि नोटको जवाफ पठाएको छैन । चीनलाई पनि तीन पटक कूटनीतिक नोट पठाएकोमा एक पटक मात्र जवाफ आएको छ ।