१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

निकुञ्जमा यार्सागुम्बा चोरी हुन थाल्यो

निकुञ्जमा यार्सागुम्बा चोरी हुन थाल्यो
symbolic picture
अ अ+ अ-

जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको हो तर यार्सा पाउने पाटनहरुमा चोरहरु पुगेपछि स्थानीयवासी त्रसित भएका छन् । निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिस यार्सा चोरी गर्न आएपछि स्थानीयवासी त्रसित भएको पुग्मोका स्थानीयवासी धावा लामाले जानकारी दिए । धावाले भने, “हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन्, यो न्यायसङ्गत भएन । तत्काल सुरक्षाकर्मी खटाइदिनुपर्ने भयो ।” यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिस भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकाले स्थानीयवासी डराएको धावाले बताए । चौँरी गोठाला गएकी धावासाङमु लामाले यार्सा चोरी गरिरहेको देखेपछि डरले भागेर घर आएको बताए । धावासाङमुका अनुसार गोठमा राखिएका आलुसमेत खाएको र यार्सा चोरी गरिरहेकाले डरले भागेर चौँरी उतै छाडी घर आएको बताए । 

पुग्मो गाउँको उवा, आलु, गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयवासीले जेठ २ गतेसम्म नजाने निर्णय गरेका छन् । एकातिर कोरोनाको डर अर्कोतिर चोरको डरले स्थानीयवासी घर बाहिर निस्कन नसकेको धावाले बताए । यता निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकाले स्थानीयवासीलाई त्रसित नहुन आग्रह गरेका छन् । पौडेलले भने, “हामीले सबैतिर सुरक्षा खटाइरहेका छौँ, वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयवासीले पनि साथ दिनुहोस् ।” शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १० नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयवासीको आरोप छ । निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपुरासुन्दरी नाका, धो नाका, सुम्दुहानाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कानूनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए तर स्थानीयले नियम पालना गरिरहेको बेलामा बाहिर जिल्लाका मानिस चोरीका लागि पाटनमा पुगिसकेका छन् । जिल्लामा यार्सागुम्बा पाउने पाटनमा करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य बाँकी वनअन्तर्गत पर्दछन् । निकुञ्ज र वनमा हरेक वर्ष सरदर ४० हजारभन्दा धेरै मानिस यार्सागुम्बा सङ्कलनमा जाने गर्छन् ।