२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामको लोकतन्त्रले देश विकास हुँदैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताउनु भयो । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताउनु भयो । कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताउनु भयो । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिले कहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन की भन्ने लाग्छ । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन । कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरुको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।’

उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बतउनु भयो । विश्वविद्यालयहरु पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको बताउनु भयो । अहिलेका युवा नेता देखेपछि मानिसहरु भाग्ने गरेको बताउनु भयो ।