१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी समाजवादको आधारशिलाः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ छ । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताउनु भयो । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘सहकारी समाजवादको एउटा आधारशिला हो । सिंगो समाजको हो । आज देशमा सहकारीले न्याय फलानालाई चाहियो भन्नेकुराहरु ल्याएको छ । ३४ हजार बढी सहकारीहरु छन्, त्यसलाई नियमन गर्ने निकाय चाहिन्छ । कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरुलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ ।’

महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताउनु भयो । संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनु भयो ।