१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन दिँदैनौ : महामन्त्री कोइराला

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन दिँदैनौ : महामन्त्री कोइराला
file
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाईसंसदमा उठाउने भएको छ । 

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिन बताउदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पुर्याउन दबाब दिनका लागि कांग्रेसले यो विषयलाई संसदको विषय बनाउने भएको हो ।

आइतबार बिहान न्यूज एजेन्सी नेपालका संवाददातासंग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेसले आईतबारकै संसद बैठकमा कुरा उठाउने बताउनुभयो । उहाँले भारतले नेपालको भूमि लिपूलेक हुँदै चीन तिब्बतमा रहेको मानसरोवर जाने गरी सडका निर्माण गरेको विषयमा कुटनीतिक पहल अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी त यसमा कुरा उठाउँछौं । सदनमा नै कुरा उठाउछौं । यसको बारेमा सरकार अलि संवेदनशिल हुनु पर्यो । यो चानचुने कुरा होइन । हाम्रो भूभाग अरु कसैले हस्तक्षेप गर्छ भने त त्यो हामीलाई स्वीकार्य हँदैन । तसर्थ हामीले भारत र चाइनासँग पनि कुरा गरेर सरकारले नै कुरा गर्नुपर्ने हो । यो विषयमा कि उनीहरुले दुई वटै देशसँग कुरा गरेर यो विषयलाई सबैभन्दा पहिले टुंगो लगाउनु पर्यो । हाम्रो जग्गामा उनीहरुले बाटो बनाउन मिल्दैन् ।

महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिननहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताउनुभयो । यो विषयमा भारतसँग मात्रै नभई चीनसँग समेत कुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो अत्यन्त संवेदनशिल विषय हो । यसमा चाहिं मेरो दृष्टिकोणबाट हामीले आफ्नो क्षेत्रलाई अरुको हातमा दिन मिल्दैन । एक इन्च पनि हामीले जग्गा अरुलाई दिन मिल्दैन् । तसर्थ यो लिपुलेकको बारेमा म सरकारलाई त्यहि भन्न चाहन्छु की वहाँहरुले चीन र भारतसँग कुरा गरेर यसलाई छिटो भन्दा छिटो स्थगन गर्न लाग्नु पर्यो । किन भने यो हाम्रो क्षेत्रमा पर्दैन भनेत हामीले केही भन्न मिलदैन तर हाम्रै क्षेत्रमा अहिले जुन हामी ठहर गर्दैछौं की हाम्रो क्षेत्रमा पर्छ भनेर त्यो हो भने त यो रोक्नु पनि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’

शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सिमा विवाद पुन बहसको विषय बनेको छ ।