१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रधानमन्त्रीलाई पाण्डेले भनेः भ्रमणमा भारतले लिपुलेकबारे दबाब दिनसक्छ, मुलुकको स्वाधिनतामा सम्झौता गर्नुहुँदैन

प्रधानमन्त्रीलाई पाण्डेले भनेः भ्रमणमा भारतले लिपुलेकबारे दबाब दिनसक्छ, मुलुकको स्वाधिनतामा सम्झौता गर्नुहुँदैन
अ अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताउनुभएको छ ।

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्ड्स अन क्लाउडः प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाललाई भारतले त्यसबारेमा दबाब दिनसक्ने भन्दै देशको स्वाधिनतामा आँच आउने काम कुनैपनि दबाबमा परेर गर्न नहुने सुझाव दिनुभयो । चीन नेपालमाथि कुनै समस्या खडा गर्ने पक्षमा नरहे पनि भारत नेपालमा अस्थिरता र नियन्त्रणमुखी भुमिकामा देखिएको उहाँको टिप्पणी छ । २०७२ सालमा पनि यसैगरी सम्झौता भइ आफूले परराष्ट्रमन्त्री हुँदा कुटनीतिक नोट पठाएको स्मरण गर्नुभयो । उहाँकाअनुसार अहिले हरेक राजनीतिक दलहरुमा नेतृत्व नभइ कमाण्डिजम हावी भएको छ ।

उहाँले भन्नुभयो, ‘९८ प्रतिशत सीमाना सीमाङ्कन भइसकेको छ । लिपुलेकमा दुवै देशसँग हाम्रो सीमानाको सीमाङ्कन हुन बाँकी छ । लिपुलेकको दक्षिणतिर भारत हो, उत्तरतिर चीन हो । बीचमा नेपाल छ । ९८ प्रतिशत सीमाङ्ककन भएको छ । प्रोटोकलमा सही गरौँ भन्छ । त्यो २ प्रतिशत पनि किन राख्ने सबै नक्शाङ्ककन गरौँ भनैँ म परराष्ट्रमन्त्री हुँदा । भारत नेपाललाई नियन्त्रण र अस्थिर राख्न चाहन्छ । उनीहरुको नीति छ त्यो । अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेण्डा ९८ प्रतिशत सीमाना सीमाङ्कनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो । प्रधानमन्त्रीलाई दबाब दिनसक्छ भन्दै थिए । तर कसैको दबाबमा मुलुकको स्वाधिनतामा कम्परमाइज गर्न सकिँदैन । चीनले हामीलाई दुःख दिएको छैन । अहिले समस्या दक्षिण र उत्तरकोले हस्ताक्षर गरे । त्यो हस्ताक्षर ०७२ मा गरेको थियो । भूकम्पमा थियौँ हामी । डिप्लोमेटिक नोट मैले नै पठाएका हो । दुई मुलुकका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् । अहिले हरेक पार्टीमा कमाण्डिजम हावी भएको छ । लिडर होइन ।’

कार्यक्रममा विज्ञहरुले नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् । चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउन सक्नुपर्ने बताएका छन् ।