१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिच्लर र शाहीको संयुक्त पहलमा दैलेखको विकट गाउँमा राहत वितरण



अ+ अ-

दैलेख । दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ५ का दलित तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नोबेल कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका वडा नम्बर ५ का तोलिपाटा, बुढागाउँ लगायत क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । 

प्रति परिवार चामल १५ केजी, दाल एक केजी, नुन एक प्याकेट र तेल एक प्याकेट गरी करिब एक लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको स्थानीय अगुवा टेकेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार राहतबाट करिब ६० परिवार लाभान्वित भएका छन् । राहत वडाध्यक्ष पंख बहादुर शाही लगायतको उपस्थितिमा वितरण गरिएको थियो । 

राहत पाएपछि खुसी भएका स्थानीयले राहत वितरण गर्नेप्रति आभार प्रकट गरेका थिए । अमेरिकी नागरिक अर्नेस्ट सिच्लरको आर्थिक सहयोग तथा स्थानीय युवा उपेन्द्र शाहीको पहलमा राहत वितरण गरिएको हो ।