२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा पर्वतेली दिदीबहिनी समाजद्वारा तिज दर खाने कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ। पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्।

मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले सम्मानपूर्वक स्वागत गरिएको थियो।

संस्थाकी अध्यक्ष कल्पना चापागाईंले तिजको मौलिक संस्कृति जोगाउँदै दिदीबहिनीबीच एकता, आत्मीयता र सहकार्यलाई मजबुत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। उनले यो संस्था नाफाभन्दा पर सामाजिक उद्देश्यका लागि मात्र क्रियाशील रहेको स्पष्ट पारिन्।

सो अवसरमा नेपाल बैंकका सीईओ तिलक पाण्डे, ग्लोबलका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, वर्ल्ड पिस काउन्सिलका संयोजक रविन्द्र अधिकारी, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, एनआरएनका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष कुल आचार्यसहित राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।