९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल



अ+ अ-

कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।

तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उहाँले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता दिइरहेकोले सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ । देशमा समृद्धि हासिल गर्न सुशासन अपरिहार्य छ ।”

अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व रहेको उल्लेख गर्नुभयो । उहाँले तीजलाई मौलिक पर्वका रूपमा मनाउनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएबापत स्वर्गीय सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो । इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टल, १२ रेष्टुरेन्टका स्टल, बाल उद्यान रहेका आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो । रासस




भर्खरै