काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफ्नो निजी निवास, भङ्गालमा शुक्रबार तीजको अवसरमा कार्यक्रम आयोजना गर्नुभएको छ।
नेपाली नारीहरूको महत्वपूर्ण पर्वको अवसरमा आयोजित यस कार्यक्रममा भण्डारीले सहभागीहरूसँग भेटघाट गर्नुभएको हो।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, जनप्रतिनिधि, जनवर्गीय संगठनका नेतृहरू सहभागी हुनुहुन्थो ।










