१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द



अ+ अ-

चितवन। यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन ।

अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिनुभयो । सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उहाँको भनाइ छ । डा कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन् ।

नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए । काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ ।

अनुगमनपछि क्लीनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप विषय थाहा हुने उहाँले बताउनुभयो ।

उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ । चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए । रासस