१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘खानेपानीको समस्या समाधान गर्न महसुल व्यवस्थापन र विभागीय समन्वय आवश्यक छ’

‘खानेपानीको समस्या समाधान गर्न महसुल व्यवस्थापन र विभागीय समन्वय आवश्यक छ’
अ अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमा प्रयोग, महसुलको व्यवस्थापन र विभागीय समन्वय कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

आज नगरकोटमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा बैठक तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

“खानेपानीसम्बन्धी समस्या समाधान गर्ने सन्दर्भमा अझै पनि गम्भीर चुनौतीहरू छन् । त्यसैले सबै तहका निकाय र कर्मचारले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ”, मन्त्री यादवले भन्नुभयो, “खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमा प्रयोग गर्नुका साथै महसुलको व्यवस्थापन र विभागीय समन्वय जरुरी छ ।”

खानेपानी सेवामा देखिएका समस्या सुधार गर्न सबै पक्षको साझा उत्तरदायित्व र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री यादवले भन्नुभयो, “हाम्रो साझा लक्ष्य भनेको सबै नेपालीलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउनु हो । यो लक्ष्य प्राप्तिका लागि सरकारमात्र होइन, स्थानीय तह, उपभोक्ता समिति, विकास साझेदार र समुदायको सक्रिय सहकार्य अपरिहार्य छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनले खानेपानीका आयोजनामा विनियोजित बजेट कार्यान्वयन गर्न नसक्दा समस्या हुने गरेकाले खानेपानी आयोजनालाई सफल पार्न राष्ट्रिय योजना आयोग सधैँ सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी हामी सबैका लागि अनिवार्य आवश्यकता हो, यसको सुनिश्चितता हुनु जरुरी छ । हामीसँग स्रोत र रकमको समस्या छैन तर बजेट कार्यान्वयन गर्न नसक्दा समस्या हुने गरेको छ ।”

मन्त्रालयका सचिव एवं इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानीका आयोजना समयमा कसरी सम्पन्न गर्न सकिन्छ त्यो विषयमा केन्द्रित भएर सबै कर्मचारीले कार्यसम्पादन गर्नुपर्ने धारणा राख्नुभयो । “खानेपानीका क्षेत्रमा प्रशस्त बजेट विनियोजन भएको छ । आयोजना समयमा कसरी सम्पन्न गर्ने त्यो विषयमा अहिलेदेखि नै सबैले छलफल गरी योजनाबद्ध रूपमा अगाडि बढ्न आवश्यक छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक एवं इञ्जिनियर रामकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभागले ९० दशमलव १० प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताउँदै चालु आवमा थप प्रगति गर्नेगरी काम सुरु भएको जानकारी दिनुभयो ।

मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले आव २०८१/८२ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधानका बारेमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राट्रिय योजना आयोगका सदस्य डा टण्डन, मन्त्रालयका सचिव बज्राचार्य, सहसचिव एवं इञ्जिनियर मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास, भ्याली बोर्डका प्रमुख सञ्जीव विक्रम राणा, पिआइडीका प्रमुख लक्ष्मी उपाध्याय, खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, एकीकृत खानेपानी आयोजना प्रमुख सुरत बम, जलवायु खानेपानी आयोजना प्रमुख टीका चौधरी, सहलगानी खानेपानीका उज्वल प्रजापतिलगायत कर्मचारीको सहभागिता थियो । रासस