२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते



अ+ अ-

झापा। यहाँको शिवसताक्षी नगरपालिका–१० किरात चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो कुन्जिबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

उहाँका अनुसार घाइते हुनेमा झापा बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रूपादेवी उप्रेती, बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन, उनकी छोरी १३ वर्षीया सावरी खातुन, ३५ वर्षीया सफिना खातुन, उनका सात वर्षीय छोरा इसाफ आलम, तीन वर्षीय छोरा फरियाफ आलम, शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन् ।

सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ । अन्य सबै घाइते सामान्य छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ ।

बस चालक मोरङ उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । रासस