११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते

झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते
अ अ+ अ-

झापा। यहाँको शिवसताक्षी नगरपालिका–१० किरात चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो कुन्जिबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

उहाँका अनुसार घाइते हुनेमा झापा बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रूपादेवी उप्रेती, बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन, उनकी छोरी १३ वर्षीया सावरी खातुन, ३५ वर्षीया सफिना खातुन, उनका सात वर्षीय छोरा इसाफ आलम, तीन वर्षीय छोरा फरियाफ आलम, शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन् ।

सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ । अन्य सबै घाइते सामान्य छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ ।

बस चालक मोरङ उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । रासस