१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः महामन्त्री थापा

अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः महामन्त्री थापा
अ अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संशोधन गरेर अधिकार खुम्च्याउने नभइ थप विस्तार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्ने पनि बताउनु भयो । शासकीय काममा भएका अवरोधहरुलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । नयाँ पुस्ता अब पनि प्रजातन्त्रको लागि लड्न नपरोस् भन्नेकुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘हामीले अब हाम्रो अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने, संशोधन गरेर अधिकार खुम्च्याउने होइन, थप विस्तार गर्ने, नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने हो । थप अधिकार सम्पन्न बनाउने तर सँगै शासकीय काममा जे अवरोध सिर्जना भएका छन्, ति अवरोधलाई पनि सम्बोधन गर्नेगरी कतिपय हाम्रा व्यवस्थालाई मिलाएर जाने हो । जसले गर्दा नेपालमा कुनैपनि नयाँ पुस्ताले प्रजातन्त्रको लाग लड्न नपरोस् ।’

महामन्त्री थापाले नौजवानलाई पार्टीमा ल्याएर उनीहरुमार्फत बाँकी कामहरु गराउन सक्नुपर्ने बताउनु भयो ।—