७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई माओवादी सांसदले भनिन्ः हात्तीसँग लड्न परे पनि तयार छौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद चन्दले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताउनु भयो । हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरु तयार रहेको उहाँको भनाइ छ । सबै राष्ट्रिय शक्तिहरु मिलेर कुटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ । सुदूरपश्चिमका जनतालाई धेरै समस्या परिरहेको भन्दै आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कुटनैतिक पहल तपाईंहरुको पुग्दैन भने नडराउनु होला । म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कुटनीतिक पहल नै हो ।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेको बताउनु भयो ।