१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु, सर्वदलीय टोली बनाऔं : सुजाता कोइराला

म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु, सर्वदलीय टोली बनाऔं : सुजाता कोइराला
अ अ+ अ-

काठमाडौं । सरकारलाई नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सुझाव दिएकी छन् । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वैठकमा सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने भनाइ छ ।

उनले भनिन् ‘वार्ता टोली बनाउनुपर्छ । वार्ता टोलीमा सबै दलका प्रतिनिधि राख्नुपर्छ’ त्यस्तो वार्ता टोलीको नेतृत्व गर्न आफूसमेत तयार रहेको उनले बताइन् । ‘म नेतृत्व गर्न तयार छु । म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु जस्तो लाग्छ’ उनले भनिन् ।

भारतले बंगलादेशसँगको सीमा समस्या समाधान गरेको उदाहरण दिँदै उनले वार्ताबाटै नेपालले पनि समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए।
 
सांसद कोइरालाले आफूले कालापानी भारतलाई लिजमा दिउँ भनेर प्रस्ताव गरेको बताइन् ।

‘करिब ६ महिनाअघि मैले विकल्पका रुपमा कालापानी भारतलाई लिजमा दिन सकिन्छ भनेको हुँ । कालापानी नै भारतलाई दिनुपर्छ भनेको होइन’ कोइराला भन्छिन्, ‘मैले विकल्प दिएको हुँ । अरु विकल्प के हुन सक्छ ल्याउनुस् न ।’

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि केही समय त्यसबारे छलफल भएको र बीचमा कोही पनि नबोलेको भन्दै उनले सतहमा समस्या देखिँदा मात्रै बोलेर राष्ट्रवादी नभइने समेत धारणा राखिन् ।