१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गगनलाई बर्तौलाले भनेः संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधनमा हात हाल्नुपर्छ

गगनलाई बर्तौलाले भनेः संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधनमा हात हाल्नुपर्छ
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बिहीवार संसदमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले उठाउनुभएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उहाँले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले तत्काल निष्कर्षमा पु¥याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताउनु भयो । कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच जुन समझदारीका साथ सरकार बनेको छ । यसको उद्देश्य संघीयताको सबलीकरणको लागि, संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि संविधानले कहाँनेर जटिलताहरु सिर्जना गरिरहेको छ, अर्थात संविधानबमोजिम हामीले निर्माण गर्नुपर्ने कानून प्रवन्ध वा संरचनागत सुधार कसरी गर्नुपर्छ, त्यसलाई व्यवस्थित गर्ने पाटोको जिम्मेवारी पूरा गर्न नै यो सरकार त्यही  ध्येयअनुसार बनेको हो । यो सरकार बन्दा हामीले संविधान संशोधनको विषय पनि राख्यौँ । संविधान संशोधनको एउटा स्कोर पनि निर्माण ग¥यौँ । यो मुलुकको राजनीतिक स्थायित्व र स्थिरताका लागि संविधान संशोधन गर्ने अभिभारा पूरा गर्नका लागि काँग्रेस र एमाले यो सत्ता सहयात्रामा लाग्नुपर्छ भनेर लागेका हौँ । हिजो गगन दाईले पनि यो विषय संसदमा राख्नुभएको छ । यो पाटोमा काम गर्नुपर्नेछ । तर तत्कालको शक्ति सन्तुलन, संसदहरुको शक्ति सन्तुलन यि विभिन्न कारणहरुले गर्दा कतिपय विषयहरु विषयवस्तुमा सिंगो देशलाई लैजाने र संसदबाट पारित गर्न नसक्ने दुई तिहाई पु¥याएर जान नसक्ने अवस्था भयो भने त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुन्छ भन्नेकुरामा हामी उत्तिकै सचेत र जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्टमा त्यो खालको सहज परिस्थिति हामी संसदमा देख्दैनौँ । त्यो देखिरहेको छैन । पपुलिस्टहरुले असत्यले सत्यलाई ढाकछोप गर्ने काम गरिरहेका छन् । पार नलाग्ने कतिपय विषयलाई बहसमा ल्याइदिएर निष्कर्षमा पु¥याउन सक्दैनौँ भने त्यत्तिकै छोड्ने स्थिति हुँदैन । यसमा आन्तरिक रुमा राम्रो गृहकार्य गर्नुपर्छ । ’

प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पु¥याउन सकिएको बताउनु भयो । जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताउनु भयो । सांसदहरु विधायिकी कार्यमै बढी जोडिनुपर्ने जरुरी रहेको बताउनु भयो ।