२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप एक जना कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २१ पुग्यो



अ+ अ-

 काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन्।