१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अहिलेको बजेट तत्कालिन समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुनुपर्छ : सांसद बडु

अहिलेको बजेट तत्कालिन समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुनुपर्छ : सांसद बडु
अ अ+ अ-

काठमाडौं । आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथि छलफलम सांसदहरुले बजेट परम्परागत ढंगबाट आएको जिकिर गरेका छन् ।  

अहिलेको बजेट पूर्ण रुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसकेको सांसदहरुले बताएका छन् । छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले अहिलेको बजेट तत्कालिन समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तत्कालिन रुपमा समस्या समाधान हुनेगरी बजेट ल्याउनुपर्ने थियो । त्यसपछि पुरक बजेट आउन सक्थ्यो । तर विना कुनै योजना बजेट आएको छ । बजेटमा कुनै भिन्नता छैन गत वर्षहरुको जस्तै छ ।  लक डाउनको समयमा धेरैले रोजगारी गुमाए । श्रमिकहरु हप्तौ हिडेर गन्तव्यमा पुगे तर लोक कल्याणकारी राज्यले काम गरेन् ।’’

स्वास्थ्य मन्त्रालयमा केन्द्रीय गरेर बजेटलाई क्वारेन्टाइन व्यवस्थान, परीक्षण बृद्धि र अस्पतालहरुको पुर्नसंरचनामा खर्च गर्नुपर्ने अवस्थामा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो ।

प्राथकिताका क्षेत्रमा बजेट विनियोजन हुने भनिएपनि वर्षौदेखि अलपत्र दार्चुला तिंकर सडकलाई सरकारले प्राथमिकतामा पार्न नसकेको उहाँले बताउनुभयो । सरकारको प्राथमिकतामा उक्त सडक नपरेकै कारण भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको उहाले बताउनुभयो । आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।