१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कम्युनिष्ट पार्टीको सरकारले बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउदैन : अर्थमन्त्री खतिवडा

कम्युनिष्ट पार्टीको सरकारले बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउदैन : अर्थमन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पार्नुभएको छ ।  

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गर्दे उहाँले वर्तमान परिस्थितिको सबे कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पार्नुभएको हो । सरकारले बजेटका प्राथमिकताहरु समय, बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र नया आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने स्पष्ट पार्नुभयो । पुरानै कार्यक्रम दोहोरिएको र कम्युनिष्टको सिद्धान्त अनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदहरुको आरोपको उहाँले खण्डन गर्नुभयो । संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत रहेको भन्दै उहाँले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो “यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो र तेश्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेश गर्दैछु । हाम्रो पार्टीको सिद्धान्त परिर्वतन भएको छैन । हाम्रा प्राथमिकताहरु समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिर्वतित भएका छन् ।  तर बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउदैन । ”

उहाँले सरकारको प्राथमिकता फेरिएको र स्वास्थ्य कृषिमा लगानी बढाएर रोजगारी वृद्धि गर्ने मार्गमा बजेट विनियोजन हुने आश्वासन दिलाउनुभयो ।  सरकारका दिर्घकालिन लक्ष्य हासिल गर्नका लागि तय गरिएका कार्यक्रमहरु एकबर्ष पछि अर्को बर्ष छोड्न नमिल्ने भन्दै सोही विषयलाई लिएर कार्यक्रम दोहोरियो भन्न नमिल्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “ पुरानै शैली भो । कार्यक्रम निरन्तर भए भन्ने कुरा पनि अतिसयुक्ती हो । हामीले सुरु गरेका राम्रा कार्यक्रमहरु दुई बर्षमा जति गर्यौ । सम्पन्न नभएका कुराहरु तेश्रो बर्ष छोड्ने हो र ? त्यो भन्दा हामी कहाँ पुग्छौ ? सम्मृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा त पुरा भएको छैन नि । अनि त्यही नारा पुरानो भो । शैली पुरानो भो भन्यो भने हामी फेरी कहाँ पुग्छौ ? ”

सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा तथा भौतिक पुर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दे उहाँले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमका बारेमा थप छलफल गर्ने बताउनुभयो । बजेटका प्राथमिकताका सम्बधमा व्यापक छलफलको खाँचोको महसुस भएपनि प्रतिकुल अवस्थाले त्यसो गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।