२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ ।

विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गदाए प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्ररी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनीहरुको सबै विवरण आजै सार्वजनिक गरिएको छ ।

प्रवक्ता बोहराका अनुसार यसरी लुटपाटमा संलग्न ६ जनालाई चोरिएका मोटरसाइकलसहित पक्राउ गरिएको छ । चोरीका मोटरसाइकल प्रयोग गर्दा भाग्न सकिने सोचेर उनीहरुले उक्त अपराध गरेको पाइएको छ । प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीकै मोटरसाइकल लप्रयोग गरी चोरी गरेको पाइएको प्रवक्ता बोहराले बताउनुभयो ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला घर भई धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने २५ वर्षीय सङ्ग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने २१ वर्षीय दीपेश लिम्बू, मकवानपुरको बागमती घर भई टोखा बस्ने २७ वर्षीय शम्भू माझी, रामेछाप घर भइ टोखा बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलाञ्चोक घर भई टोेखा बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

उनीहरुका साथबाट चोरिएका बा५२प ३६३० नम्बर स्कुटर (हाल उक्त नम्बर परिवर्तन गरी बा१०प ६३०८ को नम्बर प्लेट राखिएको), बा८१प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर बरामद गरिएको प्रवक्ता बोहराले जानकारी दिनुभयो । उनीहरुमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । रासस