१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

असफल सरकार ! कूटनीतिक नोट पनि पटक पटक दिइन्छ र ?

असफल सरकार ! कूटनीतिक नोट पनि पटक पटक दिइन्छ र ?
अ अ+ अ-

नारदमुनि शर्मा  
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई आज मन्त्रालयलमा बोलाएर कूटनीतिक नोट दिएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई आज अपरान्ह मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ र कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयमा राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएका थिए । त्यस अवसरमा उनले नेपालका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पनि दिएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोट दिइएको परराष्ट मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ । 

कूटनीतिक नोट कुनै पनि देशले अर्काे कुनै देशलाई विशेष अवस्थामा आफ्ना तर्फबाट विरोध जनाउन र राष्ट्रका तर्फबाट आफ्नो धारणा राख्नका लागि दिइने नोट हो । यसलाई कुनै पनि देशको कूटनीतिमा विरोधको हदैसम्मको ‘एक्सन’ का रुपमा लिने गरिन्छ । कुनै देशले अर्काे राष्ट्रले गरेका कार्यको विरोध गरेर त्यस देशको ध्यानाकर्षण समेत गराउनका लागि दिइने यो नोटको विशेष महत्व हुन्छ । यसरी नोट दिइसकेपछि त्यस देशले आफ्नो एजेण्डालाई स्थापित गराउन कूटनीतिक कौशलाता प्रदर्शन गर्नुपर्छ । अर्थात नोटमा लेखिएकै स्वरुपमा नोट दिने राष्ट्रले आफ्नो कूटनीतिक कौशलताको माध्यमबाट त्यो मुद्दामा विजय प्राप्त गर्न सक्नुपर्छ । त्यसैले यो नोट दुर्लभ समय र अवस्थामा दिइने दुर्लभ प्रकारको विरोध पत्र हो ।

तर हामीकहाँ भने नेपालले भारतलाई छ महिनाभित्रै दुई दुई पटक कूटनीतिक नोट दिएको छ । यसअघि पनि लिपु लेकको लिम्पिया धुरालाई मिचेर भारतको नक्सामा समेटेर नयाँ नक्सा निकालेको भनेर भारतलाई यस्तो नोट यही सरकारले दिएको थियो । यिनै परराष्ट्र मन्त्रीले त्यतिबेलाका भारतीय राजदूत मन्जिवसिंह पुरीलाई दिएका थिए । तर त्यस विषयमा केही गर्न सकेन सरकारले । प्रधानमन्त्री केपी ओलीले  त्यो भूमि फिर्ता ल्याइन्छ भनेर संसदलाई आस्वस्त तुल्याए । त्यहाँ रहेका भारतीय सेना हटाउन भनेर सरकार लागेको भनियो । तर नत त्यहााँट सेना हटेको छ न त्यस भूभाग फिर्ता ल्याएर त्यसलाई समेटेर नेपाल सरकारले नयाँ नक्सा नै जारी गर्न सकेको छ । सीमा वार्ता पनि सरकारले यो अवधिमा गर्न सकेन ।

 
बरु उल्टै आज त्यसको छ महिनाभित्रै त्यही हाम्रो भूभागबाटै भारतले बाटो नै बनायो । २० किलोमिटर भन्दा बढी बाटो भारतले हाम्रै भूभागबाट लगेको भनिएको छ । आज फेरि सरकारले उही पुरानै काम दोहोरायो र अर्काे यस्तै नोट दियो । यस बीचमा सरकारले न विदेशमन्त्री र नता प्रधानमन्त्रीस्तरमा नै वार्ता गर्न सक्यो । अहिले पनि आज कूटनीतिक नोट दिएको मात्र प्रचार गरिरहेको छ र सरकारको समर्थन गर्ने नेता, दल तथा कार्यकर्ताहरुले यसैको प्रचार गरिरहेका छन् । त्यसैले यसरी बारम्बार नोटमात्र दिने र त्यसमा केही काम गर्न नसक्ने यो सरकारलाई नेपालको कूटनीतिक क्षेत्रका जानकारहरु भने कूटनीतिक असक्षमता रहेको असफल सरकार भनेका छन् ।