१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ओम्नी ग्रुपबाट खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको छैन

ओम्नी ग्रुपबाट खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको छैन
अ अ+ अ-

काठमाडौं । सरकारले ओम्नी ग्रुपबाट गरिएको स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार नभएको स्पष्ट पारेको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समितिको सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी गर्नुभएको हो । मन्त्रालयले खरिद प्रक्रियाका सम्पुर्ण प्रक्रिया पुरा गरेको पनि उहाँले बताउनुभयो । स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको र अनियमितामा संलग्नलाई कारवाही नभएको भन्दै समिति सदस्यहरुले प्रश्न गरेपछि सचिव यादवले अनियमितता भएको भए छानबिन गर्न पनि चुनौति दिनुभयो । महामारीको विरुद्ध कसैले पनि अपराध गर्न नसक्ने भन्दै उहाँले सामाग्री अभावका कारण उत्पन्न हुन सक्ने भयावह स्थितिको पनि आकलन गर्न सांसदहरुलाई सुझाव दिनुभयो । उहाँले ओम्नीसंगको सम्झौता बजारमुल्य भन्दा १४ प्रतिशतले बढी भएको भने स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो “ओम्नीबाट किन ल्यायौ ? अरुबाट किन ल्याएनौ ? ओम्नी बाहेक अरुले किन (टेण्डर) दिएनन् । क्वईसन त हाम्ले पनि त राख्न पाउनुपर्यो नि ? ओम्नीले किनेर ल्यायो रजनतालाई कसरी बचायो ? यदि त्यत्तिखेर भ्रष्टाचार भएको छ । अनियमितता भएको छ भने छानबिन गरौ । बसौ अगाडिपट्टी । बाहिर बोल्दा जति सजिलो हुन्छ काम गर्न त्यत्तिनै गाहे हुन्छ । महामारीको विरुद्धमा कसैले पनि अपराध गर्न सक्त्तैन । यो कुरा लेखेर राखौ हामीले । त्यत्तिखेर आवश्यक थियो सामान लिएर आयौ । पारदर्शी रुपले ल्याएका छौ । सूचना निकालेर । टेण्डर गरेर । त्यो भन्दा अगाडि कसैले पनि ल्याउन सकेन । त्यसपछि सूचना निकाल्यौ । पारदर्शी रुपमा ल्याएको छ । ५० प्रतिशत १०० प्रतिशत भन्ने भ्रम आएको छ । हामीले फाईल हेरौ । १४ प्रतिशत बढीमा उसले सम्झौता गरेको छ । ”

स्वास्थ्यकर्मीका लागि आवश्य व्यक्तिगत सुरक्षा सामाग्री लगायत परीक्षणका कुनै पनि सामाग्री नभएका बेला ओम्नी ग्रुपसंग स्वास्थ्य सामाग्री खरिद नगरेको भए भयावह स्थिति श्रृजना हुनेतर्फ पनि गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामीले बिहान देखि बेलुकासम्म के काम गरिरहेका छौ जनतालाई बचाउन । यो कुरा पनि ध्यान दिनुपर्छ ? त्यतिखेर के कारणले हामीले गर्यौ त्यो पनि हेरौ ।”

सांसद देवेन्द्रराज कंडेलले थर्मल गनमा ५ गुना बढी लिएर बेचेकोमा सुलभ अग्रवाललाई कारवाही गर्ने सरकारले ५० गुना बढी लिएर स्वास्थ्य सामाग्री बेच्नेलाई किन कारवाही नभएको भनी प्रश्न गर्नुभएको थियो ।

ओम्नीसंगको खरिद सम्झौत रद्द गरेपनि सो सम्झौताबारे अहिले सम्म सरकारको तर्फबाट औपचारिक जानकारी आएको थिएन । मिनी संसदको रुपमा रहेको संसदीय समितिमा सोमबार यसबारे मन्त्रालयका सचिवले स्पष्ट पारेका हुन् ।