१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ लाखको अवैध कपडा बरामद



अ+ अ-

होत्तरी। गौशालावजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला नगरपालिका–५ गौशाला बजारस्थित सुबोध यादवको एकतल्ले पक्की घर भाडामा लिई बस्दै आएका भारत, पश्चिम बङ्गाल प्रान्त, कोलकत्ताका ३६ वर्षीय मनोज रायलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनभयो ।

भन्सार छली गरी सङ्कलन गरिएका ती लत्ताकपडा नियन्त्रणमा लिएको हो । त्यस्तै सोही स्थानबाट एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत फेला परेको थियो ।

बरामद भएका ती भन्सार छलीका लत्ता कपडा उपर आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ । यता आखेटोपाहारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  रासस