२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको छः सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले सरकारको आलोचना गर्नुभएको हो । उहाँले सरकारले मुलुकमा सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाउनु भयो । लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपर्नेमा जनतामा निराशा बढ्दै गएको उहाँको टिप्पणी छ  ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु दुई दशकसम्म पनि नहुँदा पनि प्रधानमन्त्रीले ससंदको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले संसद बहिस्कार गर्ने गरेपनि सरकारले संवादमार्फत समस्याको समाधान गर्न कुनै पहल नगरेको तर्क आरोप समेत लगाउनु भयो । उहाँले वर्तमान सरकारको धुन र संगीत केही नमिलेको भन्दै कटाक्ष गर्नुभयो

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपथ्र्यो । अवसर वा संयोगले अहिले काँग्रेस र एमालेलाई सरकार चलाउने जिम्मेवारी दिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु दुई दशकसम्म पनि पूरा हुँदैनन् । तर प्रभानमन्त्रीले सम्मानित सदनको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गर्नुहुन्छ । गगनजी तपाईले भनेको कुरा सही हो । कुन योजना कहिलेबाट सुरु गरेको भन्ने कुरा हामीसँग पनि रेकर्ड छ । सबैले आफ्नो पालामा राम्रा काम पनि गरेका छौं । आफूले गर्न नसकेका कामको सबैले जिम्मा पनि लिनुपर्छ । तर सरकारले देशलाई अर्कैतिर लग्न खोजेको प्रतित भएको कुरा पनि म यहाँ राख्न चाहन्छु । विपक्षीहरुमाथितिर र वाण चलाउने, अपमानका शब्दहरु बौछार गरेर लोकतन्त्र फल्न, फस्टाउन र अगाडि बढ्न सक्दैन सभामुख महोदय । विपक्षीलाई सम्मान गर्न पनि सक्नुपर्छ । विपक्षीका दलहरु सदनलाई बहिस्कार गरेर निस्किनुभएको छ । खोई वार्ता भएको ? सरकार चलाउने दलले समस्या सुल्झाउनको लागि पहल गरेको खोई ? न सरकारको संगीत मिलेको छ, न धुन मिलेको छ ।’

मुलुकमा सुशासन कायम हुने तथा जनतामा आशा जगाउने कार्यहरु गर्न सरकारलाई आग्रह गर्नुभयो ।