१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताउनु भयो । उहाँले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो ।

संसद अहिले निरीह थलो भएको बताउनु भयो । उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरिह थलो भएर बसिरहेको छ । कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन । कुनै व्यक्तिलाई केही आरोप लाग्यो आरोप लगोको छ, पुष्टि भएको छैन, उ बोल्न पाउँदैन, निलम्वित भइहाल्छ, के यही हो न्याय ? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरु निलम्वनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो ? कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्वनमा पार्नु राम्रो होइन ।’

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताउनु भयो ।