२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले उपसभामुख इन्दिरा रानामगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पिए नेपाल समेत बालबालिका ओसारपोसार संलग्न रहेको भनि जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले उपसभामुखको अविश्वासको प्रश्तावलाई संवैधानिक परिषद्को बहुमतसँग जोड्न आवश्यक नभएको बताउनु भयो । उहाँले उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ गरेर विषयान्तर गर्ने कार्य गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बच्चाहरु हराउँछन् । ती बच्चाहरु कहाँ गए भनेर खोजिनिति हुन्छ ।  त्यस सन्दर्भमा २०७२ माघ १८ गते सो कार्यालयका एक जना कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पिए नेपालका मानिसहरुले जबरजस्ति लिएर गएका छन् ।  प्रिजनर्स असिस्टेन्ट नेपालको कार्यकारी अध्यक्ष त्यो बेला हालको उपसभामुख इन्दिरा राना हुनुहुन्थ्यो । उपछि उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठित  जाँचबुझ आयोगले एक प्रतिवेदन बनाएको छ । त्यो प्रतिवेन तत्काल सार्वजनिक गर्न माग समेत गर्नुपर्छ । त्यो प्रतिवेदनमा समेत पिए संस्था बालबालिका तस्करीमा संलग्न रहेको भन्दै कारबाही गर्न भनेर समाचार आएको थियो । त्यो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’

उहाँले उपसभामुखको विदेश भ्रमण समेत संकात्मक रहेको बताउनु भयो । १७ पटक विदेश भ्रमण गर्दा सभामुखसँग ७ पटक मात्र स्वीकृत गरेर विदेश भ्रमण गरेको उल्लेख गर्दै यो विषयमा पनि छानविन आवश्यक रहेको बताउनु भयो ।