१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भारतमा कोरोना संक्रमित ७० हजार नाघ्यो, आजदेखि रेल चल्यो, नेपाललाई खतरा बढ्यो !

भारतमा कोरोना संक्रमित ७० हजार नाघ्यो, आजदेखि रेल चल्यो, नेपाललाई खतरा बढ्यो !
file photo
अ अ+ अ-

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । मंगलबार बिहानसम्म यो संख्या ७० हजार नाघेको वल्र्डओमिटरले जनाएको छ । वल्र्डओमिटरले जनाएअनुसार मंगलबार बिहानसम्म भारतमा संक्रमितको संख्या ७० हजार ७६८ देखिएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । उक्त तथ्यांकअनुसार गएको २४ घन्टामा त्यहाँ चार हजार भन्दा बढी थपिएका छन् । यो संख्या संक्रमण पाइएदेखिकै उच्च हो । भारतमा अहिलेसम्म दुई हजार तीन २९४ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये २२ हजार जना निको भएर घर फर्किसकेका छन् । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन् । त्यसपछि गुजरात र राजधानी नयाँदिल्लीमा बढी मानिस संक्रमित भइसकेका छन् ।
 

भारतमा आजदेखि रेलसेवा सुरु
उता भारतमा झण्डै दुई महिना पछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मंगलबार देखि पुनः सुचारु हुने भएको हो ।  भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिए । आइतबार उहाँले ट्वीट गर्दै सो जानकारी दिएका थिए । उनको जानकारी लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ भएको छ । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम सुरू भएको हो । मंगलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरुले जानकारी गराएका छन् । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मादगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ । 

नेपाललाई खतरा 
भारतसँग नेपालको सीमा जोडिएकोले यो रोगका खतरा त छनै । किनभने अहिलेसम्म पनि नेपालमा पाइएका सबै संक्रमित भारतबाटै आएका हुन् । भारतमा दिन प्रतिदिन संक्रमित बढ्दै गएको मात्र नभएर त्यहाँ रेलसेवा नै आजबाट सञ्चालनमा आएपछि अब भारतमा अलपत्र परेका नेपालीहरु अब नेपालको सीमा क्षेत्र सम्म आउने निश्चितै छ । अर्काेकुरा भारत स्वयंले पनि नेपालीलाई नेपालको दशगजा क्षेत्रमा ल्याइदिएको भन्ने समाचार आजका नेपाली छापाहरुले दिइरहेका छन् । यसका कारण पनि नेपालमा अब भारतबाट आउने क्रम बढ्ने नै छ । यसको उचित व्यवस्थापन, आवश्यक समयसम्म क्वारेन्टिनमा राख्ने, आवश्यक औषधी उपचारको प्रबन्ध नेपाल सरकारले बडो तदारुकताका साथ गर्नुपर्दछ । अर्कातर्फ भारतमै पनि अब आजदेखि रेल सेवा नै सञ्चालन हुने भएकोले संक्रमितहरुको संख्या त्यहीँ पनि बढ्ने निश्चितै छ । यो मारमा हामी नेपाली पर्नसक्ने भएकोले यसतर्फ बेलैमा सोच्न नेपाल सरकारलाई सीमा क्षेत्रका नेपालीहरुले आग्रह गरिरहेका छन् ।