१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पोखरा विमानस्थल अनियमितता: भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नता पुष्टि भएको काँग्रेस सांसद केसीको आरोप

पोखरा विमानस्थल अनियमितता: भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नता पुष्टि भएको काँग्रेस सांसद केसीको आरोप
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंका पुष्टि भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताउनु भयो । उहाँले समितिको प्रतिवेदनलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रमाणबिहीन र मनगढन्ते भनेर प्रतिवाद गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रतिवेदन कार्यान्वयनमा अख्तियार र सरकारले चासो नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय संसदीय समितिहरु बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणबिहीन, हावादारी र मनगणन्ते भनेर प्रतिवाद गर्नुभएको छ । प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद् र खेदजनक छ ।  यसले संसदीय समितिको मर्यादायमाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंकाको पुष्टि गरेको छ । अख्तियारले सत्यतथ्य छानविन गरी यथार्थताको आधारमा कारबाही र निलम्वन प्रक्रिया शुरु गरोस् ।’

सांसद केसीले अख्तियारलाई सत्यतथ्यको आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्शनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौं रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानविन प्रतिवेदनमा उल्लेख छ ।