१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताउनु भयो । उहाँले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसको लागी सरकार र मन्त्रालयले गर्नुपर्ने सबै सहयोग गर्ने बताउनु भयो । नेपाल प्रहरीमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउन दीर्घकालिन रुपले काम गर्ने पनि जानकारी दिनुभयो । उहाँले २०६२÷०६३ सालमा देशमा आएको परिवर्तपछि नेपाल प्रहरीमा महिलाको संख्या १२ प्रतिशत पुगेको दाबी गर्नुभयो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र २०७२ सालको संविधानले मुलुकमा ठूलो परिवर्तन ल्याएको उहाँको भनाई छ । तर यत्तिमा मात्रै चित्त बुझाएर बस्ने ठाउँ भने नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको १२ प्रतिशत जुन नेपाल प्रहरीमा महिलाहरुको उपस्थिति छ, यो २०६२/०६३ वाट प्रारम्भ भएर आजका दिनसम्म १२ प्रतिशत पुगेको हो । त्यसकारण लोकतान्त्रिक व्यवस्थाले, गणतान्त्रिक व्यवस्थाले, संघिय स्वरुपको व्यवस्थाले, समावेशी चरित्रको राज्य निर्माण गर्ने अहिलेको संविधानको व्यवस्थाले केही पनि गरेन, केही पनि दिएन, केही पनि भएन भन्ने विषयको एउटा ठूलो जवाफ हो यो । कि हामी समावेशी राज्य व्यवस्थातर्फ अघि बढिरहेका छौँ । २०६२/०६३ भन्दा पहिला नेपाल प्रहरीमा महिलाको उपस्थिति हेरौँ र आजका दिनमा हेरौँ । यसले देखाउँछ, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र यो संविधानले मुलुकमा परिवर्तन ल्याएको छ । नेपाली नागरिकलाई धेरै कुरा दिएको छ । यसले पुष्टी गर्छ । तर यत्तिमा चित्त बुझाएर बस्ने ठाउँ छैन ।’

‘म के आग्रह गर्न चाहन्छु भने आजका दिनमा नेपाल प्रहरीमा भर्नाको प्रक्रियामा हामीले २० प्रतिशत आरक्षण गर्ने गरेका छौँ । १२ प्रतिशत मात्रै महिलाको उपस्थिति छ । आरक्षण २० प्रतिशत रहेको छ । म आजकै यो ऐतिहासिक दिनमा म प्रतिवद्धता जनाउन चाहन्छु, हामीले आरक्षणमा २० प्रतिशत होईन, परिणाममा २० प्रतिशत नेपाल प्रहरीमा महिलाहरुको उपस्थिति पु¥याउनुपर्छ । यो कुरामा हामी अगाडी बढ्छौँ । नेपाल प्रहरीको संगठनले २० प्रतिशतको आरक्षणलाई परिणाममा २० प्रतिशत पु¥याउन के गर्नुपर्छ, तपाई अगाडी बढ्नुस्, यसमा मन्त्रालयका तर्फबाट, सरकारका तर्फबाट मेरो पूर्ण समर्थन रहन्छ । यसलाई अगाडी स्थापित गर्ने कुरामा हामी अगाडी बढ्छौँ । हुनुपर्ने त ३३ हो । तर एकैचोटी ३३ भनेर यत्तिकै गफ पनि नगरौँ । कमसेकम २० परिणाममा पु¥याऔँ र दीर्घकालिन रुपले त्यसलाई ३३ प्रतिशतसम्म पु¥याउने कुरामा हामी अगाडी बढ्नेछौँ ।’

उहाँले गृह मन्त्रालयले नीतिगत र कानूनी सुधारलाई अगाडी बढाएको पनि जानकारी दिनुभयो । प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको जानकारी दिनुहुँदै उहाँले चालु आर्थिक वर्षभित्रै प्रहरी सम्बन्धि ऐन संसदबाट पारित हुने बताउनु भयो । हाल प्रहरी नियमावलीको भरमा चलेकोले अस्थिर हुनुपरेको पनि उहाँको भनाई छ । उहाँले सर्वोच्व अदालतले १० वर्ष अगाडी प्रहरी ऐन ल्याउने आदेश दिएको भएपनि हालसम्म ल्याउन नसकिएको बताउनु भयो । नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल दुवै संगठनसम्बन्धी कानूनलाई चाँडो भन्दा चाँडो पारित गर्ने उहाँले जानकारी दिनुभयो ।