१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ

रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ
अ अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उहाँको आरोप छ । उहाँले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकारले उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गर्नुभयो । उहाँले मानव तस्करीजस्तो गम्भीर विषयमा ठूला दलहरू मौन रहने गरेको आरोप लगाउँदै उनले भ्रष्टाचारका घटनालाई पनि सरकारले बेवास्ता गरेको जिकिर गर्नुभयो । सांसद नेपालीले सरकारले वैकल्पिक शक्तिहरुमाथि निरन्तर कमजोर बनाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भयो । सांसद नेपालीले उपसभामुखमाथि अंकगणितीय खेल खेल्न लागिएको भन्दै त्यसलाई लोकतन्त्रको अपमानका रूपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशहरुले प्रयोग गर्ने भनेर आम सञ्चारमाध्यममा आएको छ । नेपालको भूभागको संरक्षण गर्न नेपाल सरकारले यथाशिघ्र पहल गर्छ भन्ने हामीले विश्वास गरेका छौं । सभामुख महोदय देश हाँक्नेहरुले संविधानको रक्षा गर्नुपर्ने हो । तर सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा मानव तस्करी नियन्त्रण गर्नुपर्ने सरकार आज तीनै खेलमा रमाइरहेको छ । मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दल कि आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्साउँछन् । संसारका कुनै पनि देशमा जब भ्रष्टाचार र अत्याचार चरम सीमामा पुग्दछ । तब नयाँ वैकल्पिक शक्तिहरुलाई जन्माउँछ । नयाँ वैकल्पिक शक्तिहरुलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय ग¥यो । अब आदिवासि जनजातिकी छोरी उपसभामुखमाथि अंकगणितीय खेल खेल्दैछ । योभन्दा ठूलो लोकतन्त्रको अपमान के हुनसक्छ सभामुख महोदय ?’

उहाँले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताउनु भयो ।