२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार



अ+ अ-

काठमाडौँ । भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ ।

बुधवार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा चलचित्रको प्रमियर शो गरिएको हो । प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषय वस्तु झल्काउने बताउनु भयो ।

चलचित्रमा अभिनय गरेका दिनहरुलाई सम्झिँदै उहाँले हिंसामा परेका नेपाली चेलीहरुको कथा चलचित्रमा समेटिएको उल्लेख गर्नुभयो । सिनेमा हेरिसकेपछि सिनेपत्रकारसँग कुरा गर्दै गायिका अञ्जु पन्तले चलचित्रले नेपाली समाजको कथा बोकेको र चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको बताउनु भयो । अभिनेता विजय बरालले चलचित्रको पात्र सीताराम झैँ हरेक मानिसहरुले आफूलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्रमा कविता आले, भोलाराज सापकोटा, तारा शर्मा,भावना मगर, सुमन थापा, गौरव पहाडी लगायतका कलाकारको समेत अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि बिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।