७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दुप्चेश्वरमा एक वर्षमा ढेड करोडको भेटी संकलन

दुप्चेश्वरमा एक वर्षमा ढेड करोडको भेटी संकलन
अ+ अ-

त्रिशूली । नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको बढ्दो आवागमनसँगै मन्दिरमा सङ्कलित भेटीको आम्दानी उल्लेख्य वृद्धि भएको छ ।

दुप्चेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनबाट हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको दुप्चेस्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको भेटी आम्दानीबाट रु ३२ लाख २१ हजार खर्च भएको छ ।

“आम्दानीतर्फ मन्दिरमा दर्शनार्थीले चढाएको स्वदेशी र विदेशी मुद्राको सटहीबाट प्राप्त नगदलाई एकमुष्ट जोडिएको छ”, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, “खर्चतर्फ कर्मचारी तलब, आरती, स्वयंसेवक र रासन खरिद गरिएको छ ।” दुप्चेस्वर क्षेत्र विकास कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक रुपमा पारदर्शी ढङ्गले प्रस्तुत गर्दै आएको जनाएको छ । त्यसका लागी मुख्य मन्दिरमा सङ्कलन भएको भेटी हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारणसहित गणना हुने प्रबन्ध गाँउपालिकाले मिलाएको छ ।

साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ । सोही अवधिमा रु ३१ लाख ८३ हजार बराबरको भेटी सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । दुप्चेस्वर क्षेत्र विकास कोषको अध्यक्ष र उपाध्यक्ष विधानतः गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष हुने प्रावधान छ । सोही कारण मन्दिरमा हुने गतिविधिलाई गाँउपालिकाको कार्यसम्पादन, सेवा प्रवाह र सुशासनसँग जोडिएकाले आय–व्याय सहितको क्रियाकलापलाई पारदर्शी बनाउदैँ आएको गाँउपालिका अध्यक्ष शङ्करबहादुर थापाको भनाइ छ ।

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजन तथा तिर्थयात्रीको आवागमन पछिल्ला वर्षहरूमा उल्लेख्य बढ्दै गएको मन्दिरका पुजारी भगवानहरी धितालले जानकारी दिनुभयो । उहाँको अनुसार मन्दिरप्रति भक्तजनको बढ्दो आकर्षणमा आस्था, धार्मिक विश्वास र मनोकामना पूरा भएको जनविश्वास जोडिएको छ ।

पौराणिक कथनअनुसार ४०० वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा रहेको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्ने गरिएको छ । मन्दिरको भौतिक संरचनामा भइरहेको सुधार, मन्दिरसम्म पुग्न सहज सडक मार्गको कारण पछिल्ला दिनहरुमा शनिबार र सोमबारको दिन हजारौँ तिर्थयात्री दर्शनका लागी मन्दिर पुग्ने गरेका छन् ।

‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । मन्दिरमा देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको छ । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तानको मनोकामना पूरा हुने, विशेषगरी पुत्रलाभ हुने जनविश्वास रहेको छ । बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा ९नब्याएका० गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वासमा पनि मन्दिरमा भक्तजनको आवामगन वृद्धि हुदैँ गएको उहाँले जानकारी दिनुभयो ।

“धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहोर्‍याएर दर्शन गर्न आउने गरेका छन्, पुजारी धितालले भन्नुभयो, “धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरले नुवाकोटको धार्मिक पर्यटन र शिवमहादेव प्रतिको आस्था बढाउन सहयोग पुगेको छ ।” समुन्द्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्तीका कारण दोश्रो पशुपतिनाथको रुपमा दुप्चेश्वरलाई पुज्ने गरिएको छ । रासस