१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कांग्रेस सभापति देउवा भेट्न निवासमै पुगे कर्णालीका मुख्यमन्त्री

कांग्रेस सभापति देउवा भेट्न निवासमै पुगे कर्णालीका मुख्यमन्त्री
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ ।

कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबिच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबिच देउवालाई भट्न मुख्यमन्त्री कँडेल निवासमै पुगेका हुन् । बिहिबार कांग्रेस सभापति देउवालाई भटेको जानकारी कँडेलले सामाजिक सञ्जालमार्फत गराएका छन् । ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री श्रद्वेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बुढानिलकण्ठमा भेटघाट भयो ।

भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो । महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पुरा गरेपनि यी दुई दलबिचको सम्बन्ध अझै सुध्रन सकेको छैन । केही समयअघि एमाले संसदीय दलको बैठकले काग्रेसलाई गठवन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको थियो । एमालेको आरोपछि दुई दलबिचको प्रदेशस्तरीय संयत्रको बैठकबाट सरकारका कामकारवाहीलाई थप व्यवस्थित लैजाने सहमति भएपछि तत्काललाई सत्ता संकट टरेको थियो ।