२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहने छ तीन दिनको मौसम



अ+ अ-

काठमाडौं । दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने मौसमविद्को अनुमान रहेको छ। यस वर्ष पश्चिमी न्यून चापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ। वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महशुस भएको मौसमविद्को भनाइ छ ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ। दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार देशको अधिकांश भूभागमा सामान्य बदली भई देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहको औंल्याएको छ। बुधबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री र सबभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।