२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गरौँः सांसद यादव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो ।

उहाँले देश र संविधान समाजवादउन्मुख हुुनपर्ने र शिक्षा पनि समाजवादउन्मुख हुन जरुरी रहेको बताउनु भयो । पुँजीवादीतिर निजीतिर शिक्षा जानु नहुने उहाँको भनाइ छ । समतामुलक समाज बनाउन पुरानो मानसिकताले काम नगर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देश र संविधान समाजवादउन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवादउन्मुखतिर जानुपर्ने हो । पुँजीवादीतिर निजीतिर जुन गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, गरिब जेहन्दार, अति पिछडीएकाहरुलाई जुन व्यवस्था गरिएको छ, यो गैरमुनाफा नै रहोस् । यो क्रमशः गुठीमा जानेकुरा छ, यो यथावत रहोस् । समतामुलक समाज बनाउने, कानून बनाउँदा अहिले पनि पुरानै मानसिकताले बन्यो भने यसले समाजमा सन्तुलत हुँदैन । प्रदेशहरुलाई अहिले शैक्षिक, आर्थिक क्षेत्रमा प्रदेश लेख्नुपर्ने न हो, पिछडिएको क्षेत्र भनेको । भूगोल मात्रै हेर्ने की, सबैलाई हेर्ने हो । मानव सूचकांकमा पछि पारिएका क्षेत्रलाई हेर्नुपर्छ । बोर्डको गठन हुने, प्रदेशमा सबै जाने, प्रदेशले एसईई हुने, तर बोर्डको नियुक्ति नेपाल सरकारले किन गर्छ ? कर्मचारी राख्दा हुन्छ । शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ । शिक्षामा राजनीतिकरण भएको छ, यो अलग होस् ।’

सांसद यादवले शिक्षाको गुणस्तर वृद्धि हुनेगरी विधेयक अघि बढाइनुपर्ने बताउनु भयो ।