२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ७९ पुग्यो



अ+ अ-

एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा मंगलवार राति भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित ७९ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिनुभएको छ । पीडितमध्ये १९ जना बालबालिका रहेको अधिकारीले बताए ।

यसअघि हेरात शहरका स्थानीय अधिकारीहरूले मृतकको संख्या ६४ पुगेको र तीन जना घाइते भएको बताएका थिए । इरानबाट फर्किएका अफगानी नागरिक बोकेको यात्रुवाहक बस मंगलवार राति छिमेकी इरानलाई अफगानिस्तानको हेरात शहरसँग जोड्ने सडकमा मोटरसाइकल र मिनी ट्रकसँग ठोक्किएपछि रक्तपातपूर्ण सडक दुर्घटना भएको हो ।

दुर्घटनाको लागि लापरवाह ड्राइभिङलाई दोष दिँदै स्थानीय अधिकारीहरूले घातक दुर्घटनामा बसमा आगलागी भएकोले अधिकांश मृतकको शव पहिचान गर्न सकिएको छैन ।