१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सिमा अतिक्रण विरुद्ध अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाव

सिमा अतिक्रण विरुद्ध अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाव
अ अ+ अ-

काठमाडौं । सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सिमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

विगत लामो समय देखि भारतीय पक्षबाट नेपालको सिमा अतिक्रमण हुदै आएको र त्यसको दीर्घकालिन समाधान निकाल्न नसक्दा विभिन्न वहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सिमा अतिक्रमणको विषयलाई लिएर अन्तराष्ट्रिय अदालत जान पनि सुझाव दिएका छन् ।

सांसद देवेन्द्र पौडेलले कालापानी र लिपुलेक प्रकरणले नेपालीको स्वभिमानी मुटुमाथि तिर रोपिएका समयमा सत्तापक्ष र प्रतिपक्षी भएर कविताको सौन्र्दयमा विचरण नगरी समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मुर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

धर्मशिला चापागाईले भारतबाट नेपालको सुदुर पश्चिममा भुभाग अतिक्रमण भएको प्रति खेद प्रकट गदै सुदुरपुर्वमा पनि केही समय पछि त्यही स्थिति आउने संभावना देखिएको भन्दै तत्काल स्थायी ढंगले सिमा विवाद गर्ने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मेचीलाई सिमाना मान्न नसकिने कुरा आईरहेकाले सिमा विवादको दिर्घकालिन समस्या समाधान खोजिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

सांसद नन्द बहादुर रोका क्षेत्रीले भारतले पटक पटक नेपाललाई दुख दिने गरेको भन्दै सार्वभौम सत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिको सधैको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नवराज सिलवालले सिमा अतिक्रमणबारे कविता सुनाउदै मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आव्हान गर्नुभयो ।

सांसद नारायण प्रसाद मरासिनीले सिमा अतिक्रमण विरुद्ध सरकारले चालेका कदमको प्रसंसा गर्दे सिमा क्षेत्र सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो ।

सांसद निरु देव पालले कुटनीतिक पहल मार्फत सिमा क्षेत्रको अतिक्रमण रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पदम गिरीले भारतले १९५० देखि नै सिमामा विभिन्न संरचना निर्माण गरि नेपाललाई दुख दिने गरेको भन्दै प्रभावकारी कुटनीतिक पहल गरि सिमा विवादको दीर्घकालिन अन्त्य खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पार्वता डिसी चौधरीले सुगौलि सन्धिले लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट भएको भन्दै पछिल्लो समय भारतले लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध अन्तराष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गर्नुभयो ।

सांसद पार्वता कुमारी विशुन्केले कुटनीतिक तबरबाट सिमा विवादको दीगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुर्ण कुमारी सुवेदीले सुगौलि सन्धिबाट कायम भएको नेपाली भुमि कब्जा गरि भारतले बाटो निर्माण गर्नु स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण, हेपाहा प्रवृत्ति र नाङ्गो हस्तक्षेप प्रति घोर आपत्ती प्रकट गर्नुभयो । उहाँले सिमाविवाद नेपाल सरकारको कुटनीतिक पहलबाट मात्रै समाधान हुने नदेखिएकाले चिनसंगको त्रिदेशिय समझदारी मार्फत भूमि संरक्षण गर्न र लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद थम माया थापाले सिमा समस्याको स्थायी समाधान गर्न प्रभावकारी काम अघि बढाउन सरकारलाई अनुरोध गर्नुभयो ।