१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्न : खै सरकार के गरिरहेको छ ?

प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्न : खै सरकार के गरिरहेको छ ?
अ अ+ अ-

काठमाडौं । सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री अभाव भएको तथा  लकडाउनले सर्वसाधरणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न स्थानमा अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले भारत लगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन  प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद टेक बहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दल बहादुर लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे बमोजिमको सामाग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महसुस सर्वसाधरणले गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “कोरोनाको कारण मुलुक लकडाउनमा छ । खै सरकार ? कहाँ छ सरकार ? के गरिरहेको छ सरकार ? हो,सरकार छ । हुने खानेको, लकडाउनमा कमिसन खानेको, भ्रष्टाचारीको दलालीको , विचौलियाको र अपहरण गर्नेको सरकार छ । विदेशबाट स्वदेश फर्कन खोज्नेको लागि सरकार छैन । तीनका लागि देश छैन । मालिकहरुको सरकार भन्छ तिमीहरु भाग्य भए त्यतै बाच नभए त्यतै मर ।”

सांसद डिला संग्रौला पन्त कोरोना भन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शब ल्याउन नपाएको तथा विदेशमा अलपत्र परेका र भारतीय सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद दामोदर भण्डारी र दिल कुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथासिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद दिपक प्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौ नेपाली संकटमा रहेको भन्दै उनीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलेन्द्र प्रसाद बढूले चालु अधिवेशनको सुरु देखि नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको भन्दै सो को कारण संसदलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद दुर्गा पौडेलले लकडाउनका कारण किसानहरु बढी मर्कामा परेको भन्दै किसानको मनस्थिति खस्कन नदिन बजार व्यवस्थापनको साथै अनुदानको व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद देव प्रसाद तिमिल्सिनाले २०७७ बैशाख ५ गते आँधी हुरी र असिनाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६,७,८,९ र १० र गढीमाई नगरपालिकाका केही वडाहरुका हजारौ विगाहामा लगाएको खेतिपाती नष्ट भएकाले तत्काल तत्काल राहतको व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो ।