२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ ।

काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई बुझाएको हो । संसद्मा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले विभिन्न सञ्चार गृहका सम्पादक तथा विज्ञसँग लिएको सुझावसहित मन्त्री गुरुङलाई प्रतिवेदन बुझाएको हो ।

मिडिया काउन्सिल विधेयक अध्ययन तथा सुझाव उपसमितिका सदस्य एवं बोर्ड सदस्य शन्तराम विडारी, बोर्ड सदस्य विजयराज अधिकारी, उपसमितिका सदस्यसचिव तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र अनुगमन अधिकृत सञ्चिता घिमिरेको टोलीले प्रतिवेदन बुझाएको हो ।

सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मर्यादित र स्वतन्त्र पत्रकारिता साथै बलियो र स्वायत्त प्रेस काउन्सिलका पक्षमा सरकार रहेको जानकारी दिनुभयो । रासस