१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीजको मौलिक संस्कृतिको संरक्षणमा जोड

तीजको मौलिक संस्कृतिको संरक्षणमा जोड
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीजलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा उहाँले हिजोका पुस्ताले तीजलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्न तीज पर्व मनायो”, पूर्वमन्त्रीसमेत रहनुभएकी नेतृ अर्यालले भन्नुभयो, “नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।”

सचिव अर्यालले तीज पहिले घरको पीडा र वेदना माइतमा आएर साथीसङ्गीसँग मिलेर गीतमार्फत पोख्ने माध्यमका रुपमा रहेकोमा तीज पर्व आँसु र खुसीको पर्व भएको बताउनुभयो ।

नेकपा (एमाले)का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीज दिदीबहिनी, साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले तीजको अवसरमा आयोजित कार्यक्रममा व्यावसायिक पत्रकारिताको विषयमा छलफल गर्दै र दुःखसुख साट्नु सकारात्मक भएको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधैँ काममा व्यस्त रहने महिला पत्रकारहरुले एकदिन भए पनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यममा रुपमा कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

  पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने, भेटघाट, खुसी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । रासस