२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा शर्मा



अ+ अ-

गण्डकी। पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा प्रा डा ज्ञानेश्वर शर्मा नियुक्त हुनुभएकोछ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्रा डा शर्मालाई व्यवस्थापन सङ्कायको डिन पदमा चार वर्षका लागि नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

नवनियुक्त डिन शर्मालाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहकाबीच उपकुलपति प्रा डा वेदराज केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथ ग्रहणपछि शर्माले पदबहाली गर्नुभएको छ । रासस