२० श्रावण २०८३, बुधबार
,
Latest
ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा शर्मा



अ+ अ-

गण्डकी। पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा प्रा डा ज्ञानेश्वर शर्मा नियुक्त हुनुभएकोछ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्रा डा शर्मालाई व्यवस्थापन सङ्कायको डिन पदमा चार वर्षका लागि नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

नवनियुक्त डिन शर्मालाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहकाबीच उपकुलपति प्रा डा वेदराज केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथ ग्रहणपछि शर्माले पदबहाली गर्नुभएको छ । रासस