१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कृष्ण पहाडीसहित २२ अधिकारकर्मी  पक्राउ

कृष्ण पहाडीसहित २२ अधिकारकर्मी  पक्राउ
अ अ+ अ-

काठमाडौं । भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७७ वैशाख ३० गते दिउँसो भारतीय दुतावास लैनचौर अगाडि बिरोध प्रदर्शन गरेको छ । 

बिरोध प्रदर्शनबाट प्रहरीले विख्यात अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ ।  गिरफ्तार अधिकारकर्मीहरुलाई  नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा २०७७ वैशाख ३० गते विहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पुर्व सभापतिहरु मोहन धिताल, निर्मल नेपाली, उपसभापति तुलसीराम सुनुवार, सचिव निर्मला डाँगी,  सहसचिव उषा गौतम, सदस्य भीमलाल मरासिनी लगायतको सहभागिता थियो ।