२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनपछि पहिलोपटक खुलेको शेयर बजारको कारोबार बन्द



अ+ अ-

काठमाडौं । लकडाउन लागू भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।  

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो । सोही व्यवस्था अनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो । 

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ । बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ । सबै भन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन् । सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ । कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन् ।