१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध : महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बताउनुभएको छ ।

आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक सङगठन, नेपालको आयोजनामा “भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान गर्ने काम गरिरहेको बताउनुभयो ।

“भूमिसम्बन्धी समस्या अहिले राखेर पछि गरौँला भन्ने पक्षमा सरकार छैन । पछि पनि भूमिको समस्या भइरहन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ ।” महासचिव पोखरेलले एमाले पार्टीले भूमिमा देखिएका समस्या समाधान गर्ने कुरामा पूर्ण सहयोग रहेको बताउनुभयो ।

उहाँले भूमिहीन उपेक्षित वर्गलाई अधिकार दिन कुनै राजनीतिक दलले हिचकिचाउन नहुने बताउनुभयो । उहाँले भूमि सुकुम्वासीलाई भूमिको अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले भूमि आयोगलाई काम गर्ने वातावरण बनाइदिएर अहिले भूमिको समस्या समाधान गर्न आग्रह गर्नुभयो । “अहिले सबैभन्दा उपयुक्त समय रहेको छ । भूमि आयोगलाई काम गर्ने सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलको हो” उहाँले भन्नुभयो, ।

कार्यक्रममा श्रमिक सङ्गठनका इन्चार्ज शान्ता चौधरीले भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । श्रमिक सङगठनका अध्यक्ष इन्द्र तामाङले भूमि आयोगबाट भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । रासस