१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

लिपुलेक कागजमा नभई जमिनै फर्काउँछु भनेको ‘जमिन खै’ प्रधानमन्त्री ज्यु ? : सचेतक खाँड

लिपुलेक कागजमा नभई जमिनै फर्काउँछु भनेको ‘जमिन खै’ प्रधानमन्त्री ज्यु ?  : सचेतक खाँड
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले लिपुलेका सम्बन्धमा “कागजमा नभई जमिनै फर्काउँछु” भनेको ‘जमिन खै ’भनी प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ । 

केही समय अगाडि भारतले लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भुमि राखेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि आफुहरुले पनि नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा नभई जमिनै फर्काउछु भनेको स्मरण गर्दे उहाले ‘त्यो जमिन खै ?’भनी प्रश्न गर्नुभएको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद खांडले भारतले नेपाली भूमिमाथि सडक बनाएको घटनाप्रति घोर भत्र्सना गर्दै नेपाली भूमि फिर्ता गर्छु भनेको सरकारले फर्काएको ‘जग्गा खै ?’भनी प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो “केही महिना अगाडि भारत सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यसमा नेपाली भुभाग लिपुलेक र लिम्पियाधुरा लगायतका केही भुभागहरु भारतमा समाहित गर्दाखेरी यो सदनमा पनि गम्भीर विरोध भएको थियो । नेपालीका सबै राजनीतिक दलहरुले त्यो नक्सा सच्याउन, नेपाली भूमिलाई फिर्ता ल्याउन र नेपालले आफ्नो नक्सा जारी गर्नका लागि सहमति जस्तो बनेको थियो । संसदीय समितिले पनि निर्देश गरेको थियो सरकारलाई । त्यत्तिखेर प्रधानमन्त्रीले म त नक्सा जारी गर्ने होइन, कागजमा होइन जमिन नै फर्काउँछु भन्नुभएको थियो । आज त्यो नक्सा कता गयो ? त्यो जमिन कता गयो ? त्यो जमिनमा त उल्टै बाटो बनाईदिएको छ । उद्घाटन गरेको छ । यो एकदमै विरोधजन्य कुरा छ ।”

नेपाली सिमा संरक्षणमा सरकार गम्भीर नभएको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो “सरकारले यसमा थाहा नपाएको जस्तो गरेको छ । मन्त्रीले ‘होइन मलाई थाहै थिएन’ भन्दिनु भो पहिला । फेरि यहाँ आएर थाहा थियो हामीलाई पहिला नै भन्दिनु भयो । एकजना मन्त्रीले फेरि हेलिकोप्टर चढेर लिम्पियाधुरा हेर्न जानुभो ।”

त्यसैगरी नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले भारतले नेपाली भुभागमा गरेको अतिक्रमणको भत्र्सना गर्दे अतिक्रमित भुभाग फिर्ताका लागि अबिलम्ब कुटनितिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सिमा अतिक्रमणको विषयलाई लिएर अन्तराष्ट्रिय अदालत जानुपर्ने तर्फ पनि सोच्नुपर्ने बताउनुभयो ।

सांसद तिल बहादुर महत क्षेत्रीले भारतिय अतिक्रमण रोक्न खुला सिमानामा तारबार र पर्खाल निर्माण गरी दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिव्यमणि राजभण्डारी राज्यका सार्वभौम सत्ता र अखण्डतामाथि नै आँच आउँदा रक्षामन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? भनी प्रश्न गर्नुभयो ।

सांसद प्रेम सुवालले देशको सार्वभौमसत्ता कायम गर्न भित्री वा बाहिरी कुनै पनि शक्ति संग झुक्न नहुने भन्दै सिमा अतिक्रमण विरुद्ध सिमानामा निगरानी बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरणका लागि काठमाण्डौ लगायतका आन्तरिक सिमानामा आवतजावतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाशमान सिंहले केही दिन यता विभिन्न जिल्लाबाट एम्बुलेन्समा विरामीको नाममा काठमाण्डौ भित्रने काम भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राहत वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन पनि आग्रह गर्नुभयो ।

सांसद प्रमिला राईले कोरोना संक्रमितहरुको संख्या बढी देखिएका स्थानमा कोरोना परीक्षणको संख्या बढाउन माग गर्नुभयो । त्यसैगरी सिलबन्दी गरिएका स्थानमा मजदुर लगायत सर्वसाधरण भोकभरीमा परेको भन्दै राहतको प्रभावकारी व्यवस्था गर्न माग गर्नुभयो ।  

सांसद प्रमोद शाहले कामको शिलसिलामा भारत लगायत खाडी मुलुक गएका नेपालीलाई स्वदेश ल्याउने पहल नगरेको प्रति असन्तुष्ठि जनाउनुभयो ।

सांसद प्रभु शाहले कोरोनाको सन्त्रास र लकडाउन संगै बारा, रौतहट र सर्लाहीमा असिना पानीले किसानहरुको बसोबास सहित अन्नबालीमा ठूलो क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गरि राज्य भएको अनुभूति दिलाउन माग गर्नुभयो ।