१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ
अ अ+ अ-

सङ्खुवासभा। जिल्ला कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा फैसलामा ढिलाइ भएको छ ।

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद  भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाशतोलाङ्गी र नुवाकोट जिल्ला, ककनीगाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो । सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका दुई कैदीका परिवारले अझै न्याय पाउन सकेका छैनन् । उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधीन छ ।

दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा पटक पटक पेशी सर्दै आएको छ । दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटना प्रकरणमा थप सुरक्षाकर्मी र कैदीसहित १५ जनासँग बयान भइसकेको छ ।

उक्त घटनामा एक जना चिकित्सकसहित हालसम्म ५७ जनासँग बकपत्र भएको जिल्ला अदालतका स्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो । यसबीचमा दुई जना न्यायाधीशको सरुवा भइसकेको छ । कारागारबाट भाग्न खोजेको आरोपमा दुई कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो ।

कैदी हत्या घटनामा कारागारका तत्कालीन इञ्चार्ज सहायक निरीक्षक लक्ष्मी चौधरीसहित सात प्रहरी र चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राईसहितका कैदीको संलग्नता देखिएको थियो ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात जना प्रहरी र आठ जनालाई घटनामा संलग्न भएको आरोपमा २०८० भदौ २७ गते पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो । रासस