२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षा विधेयक निजी विद्यालयमैत्री बनाउन माग



अ+ अ-

काठमाडौँ। निजी विद्यालयका सञ्चालकले ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संशोधनको माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने माग गरेका हुन् ।

त्यसैगरी, विद्यालयमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानाखाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने र छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठनगरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकको माग छ ।

निजी विद्यालय सञ्चालकले सरकारसमक्ष पटकपटक माग राखे पनि मागप्रति बेवास्ता गरेको गुनासोसमेत गरेका छन् । रासस