२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बतानुभएको छ ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरुले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताउनु भयो । उहाँले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र सबै निर्वाचन जितेको बताउनु भयो । धेरै राजनीतिक दलका नेताहरु आफूलाई हराउन लागेको भएपनि सफल नभएको उहाँको भनाइ छ ।

सभापति देउवाले भन्नुभयो, ‘यहाँ धेरै साथीहरुले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो । त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन । धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु । जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौँ ।’

सभापति देउवाले आफ्नो अब धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह गर्नुभयो ।